सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

चितवन। मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने अन्य २ जना घाइते भएका छन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ। जिपमा चालकसहित ४ जना सवार थिए। जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry