नासुको पावरः- गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ। २९ गते शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले ५ राउण्ड गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले तस्करको मिलोमतोमा लिलाम गरेको हो।

Advertisement 1

जिल्ला भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्काले आर्थिक प्रलोभनमा तस्करको मिलोमतमा बजार मुल्य भन्दा आधा मूल्यमा मलखाद लीलाम गरेको स्थानीयले दावी गरेका छन। लिलाम प्रक्रियामा नायब सुब्बा रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप रहेको छ ।गौर भन्सार कार्यालयले सोमवार ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको थियो। सुचना जारीहरेको केही समय भित्रै लिलामी गरेकाले पनि तस्करको मिलोमतोमा भएको बुझिएको छ। प्रहरीको संयुक्त टोलीले कूल २० लाख २६० मूल्य मुल्य कायम गरी पठाएको मल खाद गौर भन्सारले आज जय मा दूर्गा ईन्टप्राईजेज राजापुर लाई मात्र १० लाख रुपैयाँमा जिम्मा लगाएको हो।

गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । लिलाम प्रक्रियामा जय माता दी जनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर र जय माँ दुर्गा सप्लायर्स राजपुरलाई समावेश थिए । सो रासायनिक मलको बजार मूल्यभन्दा आधा मा मूल्याङ्कन गरी भन्सार प्रमुखले लिलामी प्रकृया मिलाएर एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको जानकारहरुको भनाइ छ । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

Advertisement 2

भन्सार कार्यालयका कर्मचारीहरुले प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल घर विदामा रहेको बेला लिलामीको सूचना जारी गरेका थिए ।

प्रकाशित :२०८० जेष्ठ ७, आईतवार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry