भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।

Advertisement 1

नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।

उक्त क्षेत्रमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry