त्रिशूली ‘३ बी’ का यन्त्र उपकरण केरुङमा अड्केको अड्क्यै

१४ महिनापछि आयोजनाको काम सुरु भए पनि निर्माण सामग्री र निर्माण उपकरणहरु चीनमै रोकिएको छ । चिनियाँ ठेकेदार कम्पनीले ल्याएको सामान चीनकै केरुङमा डेढ वर्षदेखि अड्किंदा माथिल्लो त्रिशुली थ्री बी (३७ मेगावाट) को निर्माण कार्य प्रभावित भएको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए । उनका अनुसार विद्युत् गृह, सर्ज ट्यांक, सुरुङ निर्माणका लागि नभई नहुने विभिन्न सामान ल्याउनका लागि आयोजनाले सम्बद्ध निकायलाई आग्रह गर्दै आएको छ ।
Advertisement 1
चिनियाँ नयाँ वर्ष (२०७६ को माघ) मनाउन घर गएका चिनियाँ कामदार कोभिड १९ का कारण फर्कन नसक्दा १४ महिनादेखि काम ठप्प रहेको हालै मात्र पुनः सञ्चालनमा आएको थियो । तर निर्माण सामग्री र उपकरण नै नभएपछि आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्न सक्ने गौतम बताउँछन् ।
प्रकाशित :२०७८ बैशाख १४, मंगलवार १४:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%