तत्कालीन सीडीओ भ्रष्टाचार मुद्दामा दोषी ठहर
विशेष अदालत काठमाडौंले घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
Advertisement 1
विशेष अदालतले मंगलबार घुस र रकम हिनामिनाजस्ता ५ वटा कसूरमा दोषी ठहर गरेको हो । यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले रिजालविरुद्ध लगाइएको आरोप ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।
दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो र त्यति नै जरिवाना हुने आदेश भएको छ ।
प्रकाशित :२०८० श्रावण ३०, मंगलवार १८:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%