प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
Advertisement 1
जसपा नेपालका उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा र हसिना खान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।
प्रकाशित :२०८१ बैशाख ३१, सोमबार १८:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%