पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ। नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने  पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ।
कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्रायः सबै होटल भरिएका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले राससलाई बताए।
नवरात्रमा तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले समितिसहित सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए।
प्रकाशित :२०८३ आश्विन २५, आईतवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम