अर्का अधिकृत पनि पक्राउ

नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका अर्का एक जना अधिकृत पनि पक्राउ परेका छन् । सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा अरबिन्द यादवलाई बिहान १० बजे उनी कार्यरत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ ।
Advertisement 1
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले विमानस्थलमा कार्यरत होमनाथ पोखरेललाई हिजो नियन्त्रणमा लिएको थियो । उनीहरुको भिजिट भिसामा कामदार पठाउने गिरोहमा संलग्नता देखिएको हो । नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये निगमका विश्वनाथ कोइराला पनि हुन् ।
प्रकाशित :२०८० मंसिर २७, बुधबार ११:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%