जेष्ठता र कासमूद्वारा २३० जनालाई वढुवा गर्ने, दरखास्त दिन हेर्नुहोस सूचना
लोक सेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा विभिन्न समूहहरुलाई वढुवा गर्ने भएको छ । लोक सेवा आयोग केन्द्रिय कार्यालय र प्रदेश कार्यालयहरुले २ सय ३० जनालाई जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्ने भएको हो ।
Advertisement 1
लोक सेवा आयोग धनकुटा कार्यालय अन्तर्ग १८ जनालाइृ बढुवा गर्ने भएको छ । लोक सेवा आयोग, धनकुटा कार्यालय अन्तर्ग ३२ जनालाई बढुवा गर्ने भएको छ । लोक सेवा आयोग, काठमाडौं कार्यालय अन्तर्ग ५५ जनालाई वढुवा गर्ने भएको छ । लोक सेवा आयोग, दिपायल कार्यालय अन्तर्ग १६ जनालाई बढुवा गर्ने भएको छ । लोक सेवा आयोग, पोखरा कार्यालय अन्तर्ग २० जनालाई वढुवा गर्ने भएको छ । लोक सेवा आयोग, बुटवल कार्यालय अन्तर्गत ३४ जनालाई वढुवा गर्ने भएको छ । लोक सेवा आयोग, सुर्खेत कार्यालय अन्तर्गत १४ जनालाई वढुवा गर्ने भएको छ । लोक सेवा आयोग, काठमाडौं कार्यालय अन्तर्गत ४० जनालाई जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्ने भएको छ ।
राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरहका पदहरुका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ १ क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०७९/११/०२सम्ममा सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिनु आयोगले गोरखापत्रमा विज्ञापन प्रकाशन गरेको छ ।
Advertisement 2