२७ बर्षदेखि चक डष्टरसँग मितेरी गासिरहेका डा. नविनबन्धु पहाडी
इन्टेग्रीटी आईकन २०२० को उत्कृष्ट ५ निजामती कर्मचारीको नाम सार्वजनिक भयो । देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनमध्ये उत्कृष्ट ५ जनाभित्र पर्न सफल भए ।
Advertisement 1
आइकनको निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेको थिए । सोही समितिले आइकनहरु छनोट गर्यो नेपालगञ्ज स्वास्थ्य चौकीकी जनस्वास्थ्य निरीक्षक आरती थारु, लुम्विनी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिपक ज्ञवाली, कृषि ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम बहादुर आले मगर, मंगलसेन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यामीक विद्यालय धादिङका शिक्षक डा. नविनबन्धु पहाडी छन् ।
तिनैमध्येका एक हुन् धादिङका शिक्षासेवी,समाजसेवी तथा प्राध्यापक डा नवीन बन्धु पहाडी । डा पहाडीले नीलकण्ठ उमावि,नीलकण्ठ बहुमुखी क्यामपसमा समर्पित भएर अध्यापन गराई रहनुभएको छ ।साथै उहाँ आमाको मायाँ छात्रावासको पनि संस्थापक हुनुहुन्छ । उनले आमाको माया पाउन नसकेका र आर्थिक अवस्था कमजोर भएका २२ बालकलाई आश्रय दिएका छन्। उनीहरुलाई खाने, बस्ने र पढ्ने व्यवस्था छ।
Advertisement 2
संघर्षपूर्ण र कहालीलाग्दो विगतबाट माथि उठेर ज्ञानको उज्यालो ज्योती छरिरहेका पात्र हुन डा नविनबन्धु पहाडी ।
उनी बालापनमै आमाको ममताबाट बिहिन भए । विद्यालयबाट निकालिए । त्यही अत्यासलाग्दो पीडाबाट उठेर विद्यावारिधि गरे । जीवनका १७ बर्ष नीलकण्ठ माध्यमिक विद्यालय पढाइ रहेका छन् । ०५० सालमा प्राविको स्थायी शिक्षकमा नाम निकालेर शिक्षण पेशा अगाँलेका हुन् । झण्डै २७ बर्ष भयो चक,डष्टरसँग मितेरी गासिरहेका उनी १७ बर्षदेखि निलकण्ठ माविको मुहार फेर्न सक्रिय छन् ।
०६३ सालमा निमाविमा नाम निकाले ।
कुनै समय विद्यालयबाट निकालिएको उनी त्यही विद्यालयकै माध्यमबाट उत्कृष्ट निष्ठावान कर्मचारी घोषित भए ।
Advertisement 3
‘