ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची। छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन्।
Advertisement 1
दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले राससलाई जानकारी दिए। घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ।
प्रकाशित :२०८३ आश्विन २५, आईतवार १३:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








