गभर्नर नेतृत्वको २८ सदस्यीय टोली क्यानडातिर,बचाउलान त नेपाललाई ‘ग्रे लिष्ट’मा पर्नबाट ?

नेपाललाई ग्रे लिष्टबाट बचाउन नेपाल सरकारका सचिव,गभर्नरसहितका २८ जनाको जम्बोटोली क्यानडातिर लागेको छ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद सचिवालयका सचिव उदयराज सापकोटासहतिको टोली राती क्यानाडातिर उडेको हो । उनीहरु सम्पत्ति शुद्धीकरणमा नेपाललाई ग्रे लिष्टमा पर्नबाट जोगाउन त्यसतर्फ गएका हुन । उनीहरु एफएटीएफको वार्षिक साधारणसभामा भाग लिने छन ।

Advertisement 1

मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा ग्रे लिस्टमा पर्ने सम्भावना बढेको सन्दर्भमा हुन लागेको उक्त साधारणसभाको नेतृत्व राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेतृत्व गर्ने कार्यक्रम छ ।

आइतबारदेखि हुने बैठकमा बैंक,सरकारी र प्रहरीका गरेर झण्डै दुई दर्जन अधिकारी पुग्दैछन् । सचिवहरु कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति २ बजे काठमाडौंबाट दोहा हुँदै क्यानाडा प्रस्थान गरेका हुन् ।

Advertisement 2

सोही क्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापा हिजो राति पौने १० बजे एअर इण्डियाको उडानमा नयाँ दिल्ली हुँदै क्यानाडा उडेका छन् । २८ सदस्यीय टोलीमा नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावलका अलवा महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि, नेपाल धितोपत्र बोर्ड अध्यक्ष, नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि रहने छन् ।

 

प्रकाशित :२०८० असार २२, शुक्रबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry