उपत्याकामा थप कडाइ,यी १० गतिविधि पूर्ण निषेध
उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले केही गतिविधिमा रोक लगाएका छन्।उपत्यकामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । शुक्रबार राजधानीका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना सङ्क्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
उपत्याकाको तीनै जिल्लाका सीडीयोहरुद्धारा जारी आदेशमा उपत्यकामा यी १० गतिविधि निषेध, उल्लंघन गर्नेलाई १ महिनासम्म कैद१
Advertisement 1
संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै तीन वटै प्रशासन कार्यालयले केही आदेश जारी गरेको हो। ‘जोखिम बढ्दै गएपछि हामीले संयूक्त रूपमा आदेश जारी गरेका हौं, अरू जिल्लाले निषेधाज्ञा जारी गरेका पनि छन् तर हामीले केही गतिविधिमा निषेध गरेका हौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।
सो आदेश शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ। आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गर्ने उनले बताए।
Advertisement 2
उक्त दफामा उल्लेख छ, ‘आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ। गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्नेछ। प्रमुख जिल्ला अधिकारीले ती व्यक्तिलाई उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ।’
प्रशासन कार्यालयले निषेध गरेका गतिविधिहरु
खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
शैक्षिक संस्थाहरु संचालन गर्न।
Advertisement 3
सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न।
फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।
उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न।
टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न।