सार्वजानिक सेवा प्रवाह अझ चुस्त बनाउन आवश्यक
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताउनुभएको छ ।
नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुनेछ । यसो भएमा शिक्षित तथा जानेका अनि बुझेका व्यक्तिले काम गर्र्ने अवसर पाउनेछन् ।
मुख्य सचिव शङ्खरदास बैरागीले सरकार तथा जनता दुवैका लागि सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहने जानकारी गराउँदै आफ्नो जिम्मेवारी पूर्णरुपमा अघि बढाउन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले आफूहरुले कर्मचारी प्रतिस्पर्धालाई बलियो बनाउने योजनाबमोजिम कम गरिरहेको भनाइ राख्नुभयो ।सो अवसरमा सार्वजनिक खरिद नियमावली संसोधन तथा व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरिने जनाइएको छ
प्रकाशित :२०७८ पुष ९, शुक्रबार १५:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%