मन्त्री एकीकृत समाजवादीको,नियुक्ति जति काँग्रेसको
स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परे पनि मातहतका कार्यालय तथा इकाइमा नियुक्तिको सबै चाँजोपाँचो नेपाली काँग्रेसले मिलाएपछि पार्टीका नेता तथा कार्यकर्ता अचम्ममा परेका छन् । मन्त्रालयमा यसअघि नेता विरोध खतिवडा र अहिले भवानी खापुङ मन्त्री हुनुहुन्छ ।
Advertisement 1
तर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त पदपूर्तिको लागि प्रधानमन्त्रीको आडमा काँग्रेसीहरुले सूची बुझाएपछि एकीकृत समाजवादीभित्र चर्कै बहस भएको बुझिएको छ । प्रष्ठिानमा रजिष्ट्रार र निर्देशक पद खाली छ ।
रिक्त रजिष्ट्रारमा प्रधानमन्त्री निकट मान्छेलाई नियुक्त गर्ने र अस्पतालको निर्देशकमा काँग्रेसकै पशुपति चौधरीको नाम अघि सारिएको छ । पशुपति चौधरी उनै हुन् जसका ससुरा पञ्चायतकालका अञ्चलाधीश थिए ।
Advertisement 2
पहिलेका अञ्चलाधीश नरेन्द्र चौधरी अहिले नेपाली काँग्रेसको केन्द्रीय सदस्य छन् । उनकी छोरी तथा पशुपतिकी श्रीमती नवोदिता चौधरी काँग्रेसको तर्फबाट प्रदेश सभासद् छिन् । उनै पशुपतिलाई निर्देशक बनाउन काँग्रेस लाग्नु अचम्म नभए पनि समाजवादीका जिम्मेवारी नेताले मुख नखोलेपछि आशावादीहरु बिलखबन्दमा परेका हुन् ।
पशुपतिलगायतका ती पदमा नियुक्त गर्न अघि सारेपछि यसअघिका मन्त्री विरोध खतिवडालेसमेत विरोध गरेका थिए । यसअघिका निर्देशक राजकुमार रौनियार रंगेहात घुसकाण्डमा समातिएपछि उक्त पद खालि भएको हो । उनले भ्रष्टाचारको मुद्दा जिते पनि जिम्मेवारीबाट अवकाश पाइसकेका छन् ।