कर्मचारीलाई दिँदै आएको खाजा र प्रोत्साहन भत्ता खर्च कटौती

इटहरी उप-महानगरपालिकाले कर्मचारीहरुले मासिक रुपमा लिदै आएको खाजा खर्च घटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ। नगर प्रमुख हेमकर्ण पौडेल यतिबेला कार्यालयमा खर्च कटौती तर्फ लागेका छन् ।

Advertisement 1

१२८ औँ कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालयले आर्थिक रुपमा मित्तव्ययिता अपनाउनुपर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेको हो । उपमहानगरले गाडी सुविधा नपाएका कर्मचारीलाई पनि इन्धन सुविधा दिँदै आएकोमा सो सुविधा समेत कटौती गर्ने निर्णय गरेको हो।

उपमहानगरले अघिल्लो आर्थिक वर्षमा खाजा खर्च २५ लाख रुपैयाँ भन्दा बढी कर्मचारीलाई दिएको छ। यसरी दिएको खर्च महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ। उपमहानगरको कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालयले आर्थिक रूपमा मितव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेको हो ।

Advertisement 2

सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझाव आधार मानेर हामी खर्च कटौती गर्ने निर्णयमा पुगेका छौ इटहरीका मेयर हेम कर्ण पौडेलले बताए।

उपमहानगरपालिकाले करिब पाँच सय कर्मचारीले मासिक पाँच हजार रुपैयाँ लिँदै आएको भत्ता सहित प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको निर्णय गरेको पौडेलले बताए।

प्रकाशित :२०७९ फाल्गुन २८, आईतवार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry