सिंहदरबारभित्रै म्याद सकिएका खानेकुरा
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका अधिकांश चमेनागृहहरूमा म्याद गुज्रिएका र अखाद्य वस्तुहरु बिक्री वितरण हुने गरेको भेटिएको छ । सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनको क्रममा सिंहदरबारभित्रका अधिकांश क्यान्टिनमा म्याद सकिएका खाद्य सामग्री बिक्री गरेको भेटिएको हो ।
सिंहदरबारभित्रका कर्मचारी र सेवाग्राही लक्षित केन्द्रिय क्यान्टिन कन्चन चमेना गृह, अर्थ मन्त्रालय परिसरमा संचालित क्यान्टिन म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित गोसाइँकुण्ड भोजनालयमा मापदण्ड विपरीतका खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको हो।
Advertisement 1
विभागले केन्द्रीय क्यान्टीन, अर्थ र उद्योग मन्त्रालय परिसरमा सञ्चालीत क्यान्टीनको अनुगमन गर्दा ती क्यान्टिनहरुमा म्याद सकिएका खाद्य सामग्रीको बिक्री वितरण गरेको भेटिएको हो । विभागका अनुसार कैफियत भेटिएपछि केन्द्रीय क्याटीनलाई कारवाही स्वरुप जरिवाना गरिएको छ । कन्चन चमेना गृहका नाममा सञ्चालीत उक्त क्यान्टीनले विभागको अनुगमन टोलीले मागेको कागजात देखाउँन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । यसैगरी, अनुगमनका क्रममा उक्त क्यान्टीनको किचनमा फोहोर देखिएपछि सफाई गर्ने समेत निर्देशन दिईएको छ । यस्तै अर्थ मन्त्रालयमा सञ्चालीन क्यान्टीनले परौठा र उद्योग मन्त्रालयमा सञ्चालीत क्यान्टीनले म्याद सकिएका पेय पदार्थको नष्ठ गरिएको छ । बाहिरबाट प्याकिङ गरेर ल्याईएको ४ सय ५० रुपैयाँ बराबरको परौठाको म्याद सकिएको भेटिएपछि नष्ठ गरीएको छ ।
अर्थ मन्त्रालय परिसरमा रहेको म्यानेजमेन्ट सर्भिस नाम रहेको क्यान्टीन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गोसाइकुण्ड भोजनालयका रुपमा सञ्चालीत दुई क्यान्टीनले म्याद सकिएको खाद्य सामग्रीको बिक्री वितरण गरेको भेटिएको हो ।
Advertisement 2
उद्योग मन्त्रालय परिसरमा सञ्चालीत क्यान्टीनमा भेटिएका २ हजार ६९५ रुपैयाँ बराबरको म्याद समाप्त भएको पानी र पेय पदार्थ नष्ठ गरिएको छ । यसैगरी, उक्त क्यान्टीनमा प्रमाणीकरण नै नभएको तराजु राखिएको पाएपछि विभागले प्रमाणीकरण गरी आवश्यक कागजपत्र विभागमा बुझाउँन निर्देशन दिएको छ । ती क्यान्टिनहरुबाट ३ हजार १ सय ४५ रुपैयाँ बराबरको पेय पदार्थ र बेच्न राखिएका अरु खाद्य सामग्री बरामद गरी नष्ट गरिएको पनि विभागले जनाएको छ। तीन वटै क्यान्टीनलाई आवश्यक काजगपत्र सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिईएको सेढाईले जानकारी दिए ।