सिडीओ आइपी ढकालको एक्सन :- यसरी फेरिदैंछ रसुवाको प्रशासन

ईश्वरी प्रसाद ढकाल,सुधारवादी प्रशासक हुन् । स्याङ्जामा जन्मिएका उनी अहिले रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडीयो)को भूमिकामा छन् । गृह मन्त्रालयले गत फागुन दोश्रो साता उनलाई रसुवा जिल्लामा खटाएको थियो । साढे तीन महिनामात्र हुँदैछ उनी रसुवा जिल्लाको कमाण्डर बनेर त्यता पुगेको । यो बीचमा धेरै सुधारका प्रयत्नहरु गरेका छन् उनले ।

Advertisement 1

रसुवा कमाण्डका साढे तीन महिना…..

म गत फागुन महिनामा प्रमुख जिल्ला अधिकारीका रुपमा रसुवा भित्रिए । कोरोना कहरका कारण नेपाल चीन बीचको व्यापारिक नाका रसुवा भन्सार कार्यालयबाट भइरहेको आयात र निर्यात ठप्प थियो । अहिले केही सहज भएको छ । रसुवाको भौगोलिक अवस्थाको बारेमा समेत सरोकारवालाहरुसँग छलफल गर्दै कारोबारमा भएका समस्या समाधान गरिएको छ । भन्सारमा भएका विभिन्न समस्याहरुको अबलोकन गरी व्यापारलाई सहज बनाउँदै हाल भैरहेको समान आयातमा वृद्धि गरिएको छ । जुन कारण व्यापारमा बृद्धि भएको छ ।
रसुवा हाइड्रो हब यहाँका जलविद्युत परियोजनामा गुण्डागर्दी चलिरहेको थियो ।
२१६ मेघावाटको माथिल्लो त्रिशुली १ मा उस्तै हालत थियो । ७/८ बर्षदेखि नै हाइड्रो अवरुद्ध थियो अहिले सबै परियोजना चलिरहेको छ । ८ बर्ष देखि चल्न नसकेको २१६ मेघावाटको जलविद्युत परियोजना म प्रमुख जिल्ला अधिकारी बनेर रसुवा भित्रिएको चार महिनामै नै सञ्चालन आएको अबस्था छ ।
रसुवाको सबै भन्दा ठूलो समस्या देखिन्छ सडकको ती सडकमार्गको स्तरन्नोती हुँदैछ ।
यस्तै सेवा प्रवाहका हिसाबले जिल्ला प्रशासन कार्यालयमा काम लिएर आउनु हुने कुनै पनि सेवाग्राहीको काम ५ देखि १० मिनेट भित्रमा नै सकेर पठाउने व्यवस्था गरेका छौं ।
जिल्लामा आएका जुनसुकै गम्भीर प्रकृतिका बिषयमा १० मिनेटमा एक्सन लिएर समस्या सामाधान गर्दै आएका छौं ।
जिल्लाभित्र ५ वटा गाउँपालिका छन् । ती स्थानीय तहका अध्यक्षहरुसँग हप्तामा २ पटक सम्पर्क गर्छु । जिल्लाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्लाका माननीय र राजनीतिक दलका अध्यक्षहरुसँग समन्वय गरिरहेका छौं । जिल्लाका बिकाशका लागि के कसो गर्न सकिन्छ भनेर निरन्तर सम्पर्क गरिरहेका छौँ । यो कारणले उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।
सरकारी कार्यालयहरुबीच राम्रो समन्वय भएको छ । त्यस्तै रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका अपांगता भएका १ महिलालाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियौं । यो काम लामो समयदेखि रोकिएको थियो । अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेसँगै दैलो दैलोमा प्रशासनको आभाष गराउने प्रयत्नमा छौं ।
रसुवा पर्यटकीय गन्तव्य । गोसाइकुण्ड यहाँको पहिचान र चिनारी । त्यहाँ हिडेका धार्मिक र पर्यटक यात्रीहरुसँग व्यवासायीहरु मनपरी शुल्क असुल्दै आएका थिए ।
अहिले गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शूल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । समय समयमा निर्देशन पालना भए वा नभएको छड्के चेकजाँच गरिएको छ ।

Advertisement 2

May be an image of 3 people, including IP Dhakal, people sitting and indoor
माथिको दबाबले झनै सजग गराउँछ
जब काम गर्ने सिलसिलमा माथिबाट दबाब वा भनसुन आउँछ । त्यसले हामीलाई अझैं सचेत गराउँछ । सजिलै फत्तै गर्न हुने कामलाई माथिबाट नेता वा सांसद,मन्त्रीहरुको फोन आउँछ भने त्यहाँ केही न केही गडबडी छ भन्ने हामी बुझछौं र सुक्ष्म रुपमा अध्ययन गर्दछौं । कानून अनुसार मिल्ने भए मात्र त्यो काम गर्दछौं । तर हामीलाई त्यस्तो ठूलो दबाब आजसम्म आएको छैन् ।
कोरोना कहरमा हाम्रो काम
अहिले पूर्ण रुपमा देशभर निषेधाज्ञा लगाइएको स्थिती छ । निषेधाज्ञा कार्यन्वयन गर्ने जिम्मेवारी प्रशासनको मात्र होइन सबैको हो । त्यसैले हामीले निषेधाज्ञालाई कार्यान्वयन गर्नका लागि सबै पक्षलाई पटक पटक अनुरोध गरेका छौं,यो व्यक्ति आफैं सचेत हुने विषय हो ।
सर्वसाधरणहरुले किन निषेधाज्ञा लगाइएको भन्ने बुझ्दै हुनुहुन्छ र सचेत पनि । कोरोनाको बढ्दो संक्रमण दर घटाउनका लागि, रोग नियन्त्रणका लागि र भीडभाड कम गर्नका लागि हामीले यो निषेधाज्ञा जारी गरेको हौं ।
सर्वसाधरणहरु अनावश्यक भीडभाडमा नजाने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने, अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने, मास्क अनिवार्य रूपमा लगाउने, भौतिक दूरी कायम गर्ने अनुरोध गर्दै आएका छौं । प्रशासनले त निषेधाज्ञाको पूर्ण पालना भएको छ वा कहिँ कतै उल्लंघन भएको छ कि भनेर अनुगमन गर्ने मात्र हो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि परिचालन गर्दै आएका छौं ।
सबै गाउँपालिकालाई निषेधाज्ञा कार्यान्वयनका लागि अनुरोध गरेका छौं । प्रहरीको पनि व्यापक रूपमा गस्ती गर्ने गरी परिचालन गरेका छौ । त्यसमार्फत सचेतना अभियान फैलाउने, अनुगमन गर्ने काम पनि हुन्छ । भीडभाड गर्नेलाई, मास्क नलगाउनेलाई पनि होल्ड गर्ने, नियन्त्रणमा लिने, जरिवाना गर्ने लगायतका काम पनि गर्छौं । यसमा सबै पक्ष जिम्मेवार भइसक्नुभएको छ । अहिलेको निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन भएको छ । यसरी नै काम भएको छ । कोरोनाको समस्या नौकुण्डमा अलि बढी देखिएको थियो । अहिले कम हुँदै छ ।
वाढी पहिरोको जोखिम र न्युनीकरणका लागि हाम्रो यत्न
मेलम्चीमा आएको बाढीले हामीलाई पनि झस्काएको छ । रसुवा,हिमाली जिल्ला । यहाँको ठूलो समस्या बाढी र पहिरोको । कालिकास्थानबाट जति जति माथि लाग्यो उती नै समस्या देखिन्छ रसुवामा । राम्चे, ग्राङ, ठाडे, मुलखर्क, खोपाङ भीर, ठूलो भार्खु, सानो भार्खुदेखि नेपाल चीन नाकाम्म ठाउँ ठाउँमा पहिरोको जोखिम र समस्या देखिन्छ । कंथ पहिलो खसेर बाटो अवरुद्ध भइहाल्ला भनेर बाटो खुला राख्नको लागि भनेर १० वटा डोजर ठाउँ ठाउँमा डोजर स्ट्यान्ड बाइ राखेका छौं । कहिँ कतै बाटो अबरुद्ध भएको जानकारी पाए लगतै चाडो भन्दा चाडो खुलाउँछौं । डोजर सम्भव भएन भने ब्लाष्टिंग गरेर बाटो खुलाउँछौं ।

(प्रजिअ ढकालसँग महेश्वर गजुरेलले गर्नुभएको कुराकानीका आधारमा )

Advertisement 3

प्रकाशित :२०७८ असार ५, शनिबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry