नेपाल राष्ट्र बैंकका ९ हाकिमको जिम्मेवारी हेरफेर
नेपाल राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले ९ जना विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
Advertisement 1
१३ पुसको निर्णय अनुसार,वित्तीय संस्था सुपरिवेक्षणका कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई मौद्रिक ब्यबस्थापन विभागमा पठाइएको छ भने, सूचना प्रविधि विभागका कार्यकारी निर्देशक प्रदिपराज पौडेलको काँधमा गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै,मौद्रिक ब्यबस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई मुद्रा ब्यबस्थापन विभागमा पठाँइदा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारीको संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागको जिम्मेवारी दिएर खटाइएको छ ।
राष्ट्र बैंकले मुद्रा ब्यबस्थापन विभागका कार्यकरी निर्देशक रेवती नेपालको लघुवित्त स्नास्था सुपरिवेक्षण विभागमा खटाएर आन्तरिक लेखापरिक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाको वित्तीय संस्था सुपरिवेक्षण विभागमा पठाएको छ ।
यस्तै,बैंकिंग विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको सूचना प्रविधि विभागमा खटाइदा संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागका कार्यकारी निर्देशक दयाराम शर्मा बैंकिंग विभागमा पठाइएका छन् । त्यस्तै गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकरी निर्देशक विमलराज खनालको आन्तरिक लेखापरिक्षण विभागमा सरुवा भएको छ।