निजामती कर्मचारी संगठनका ७ निर्णय :-ट्रेड युनियनको नेतृत्वमा घिमिरे, संगठनको जिम्मेवारी गौतमलाई

अन्तत नेपालको सबैभन्दा जेठो र ठूलो कर्मचारी संगठन विभाजन हुन पुगेको छ । ओली निकटस्थ कर्मचारीहरुले संगठनभित्र राजनीति गर्न खोजेपछि पुरानो र ठूलो संगठन दुई चिरा हुन पुगेको संगठनबाट फुटेर गएका माधव नेपाल पक्षधर नेपाल निजामती कर्मचारी संगठनका कर्मचारीहरुको आरोप छ ।
Advertisement 1
विभाजनपछि सो संगठनले नयाँ कार्यसमिति घोषणा गरेको छ । राजधानीमा आज एक कार्यक्रमकाबीच संगठनका आठौं कन्द्रीय कार्यसमितिका ५१ प्रतिशत,केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा सदस्य,जिल्ला तथा विभागीय अध्यक्षसहित ५ सय बढी कर्मचारीहरु उपस्थितीले रेबन्त गौतमलाई अध्यक्षमा मनोनयन गरेको छ । गौतमसहित नयाँ समूहमा मोहन गिरीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेका छन्। त्यसैगरी, उपाध्यक्षमा सीता गुरुङ, वेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्रीलाई चयन गरिएको छ। महासचिवमा शरण गुरुङ, सचिवमा प्रकाश राई, मधु मिजार, ओम कठायत र सहकोषाध्यक्षमा दिनेश लम्साल चयन भएका छन्। यस्तै संगठनको नेतृत्वका लागि अब १७ सदस्यीय कमिटी टुंग्याइएको छ ।
यस्तै,निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा मोहनकुमार घिमिरे चयन भएका छन् । हालका आधिकारिक ट्रेड युनियन उपाध्यक्ष भोलानाथ पोखरेललाई सोही पदमा यथावत राख्ने निर्णय पनि भएको छ ।
Advertisement 2
यस्तै केन्द्रीय कमिटिको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । संगठनको हितविपरित काम गरेको, ट्रेड युनियनमा राजनीति घुसाएको, ट्रेड युनियनमा भिजिलान्ते प्रवृत्ति भित्र्याएको र गुटबन्दी गरेको आरोपमा ओली निकटस्थ केदार देवकोटा,लेखनाथ कोइरालासहित उपाध्यक्ष ललिकबहादुर महर्जन,रेणुका केसी,रामचन्द्र जोशी,नौतम पोखरेल,भवानी दाहाल र सह कोषाध्यक्षबाट गणेश आचार्यसहितका १० जनालाई हटाइएको छ ।
Advertisement 3
यसअघिका अध्यक्ष पुण्य ढकाल उपसचिवमा बढुवा भएसँगै रिक्त अध्यक्ष पदमा नेपाल निजमाती कर्मचारी संगठनका पूर्व अध्यक्ष घिमिरेलाई पठाइएको छ भने,सदस्य पदमा जयदेव जोशीलाई पठाउने निर्णय भएको निजामती कर्मचारी संगठनका महासचिव शरणकुमार गुरुङद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।