एनआईसी एशिया बैंकबाट होण्डा गाडी किन्न सहुलियतपूर्ण अटो लोन

काठमाडौं। स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्झौता भएको छ ।
Advertisement 1
सम्झौताअनुसार होण्डाका नयाँ गाडी खरिद गर्न चाहने ग्राहकले एनआईसी एशिया बैंकबाट आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जा सुविधा लिन सक्नेछन् । आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
यो सुविधा होण्डाका सीआर–भी (CR-V), सिटी इ:एचईभी (CITY e:HEV), फिफ्थ जेन सिटी (5TH GEN CITY) र एलिभेट (ELEVATE) लगायतका मोडल खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
Advertisement 2
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गर्नुभएको छ ।
दुवै संस्थाले सम्झौताबाट ग्राहकलाई नयाँ होण्डा कार खरिदका लागि आवश्यक वित्तीय व्यवस्था सहज र छिटो हुने विश्वास व्यक्त गरेका छन् ।









