भन्सार कार्यालयका नासु पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले शनिबार नासु खड्कालाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

Advertisement 1

अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ ।

‘उहाँले केही समयअघि आफन्तले विद्युतीय चुरोटभित्र सुनजस्तो देखिने धातु ल्याए पनि प्रक्रिया नपुर्‍याइकनै फिर्ता लैजानुभयो। सीसीटीभीको तार काटेर कार्गोमा रहेका बहुमूल्य सामानहरू पनि लैजाने गरेको कुरा आएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी स्रोतले  भने।

प्रकाशित :२०८० बैशाख ३१, आईतवार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम