बजेटको विरोधमा कर्मचारीहरुले थाल ठटाउने

सरकारले हालै ल्याएको बजेटमा आफ्ना सेवासुविधालगायतका माग सम्बोधन नभएको भन्दै देशैभरका शिक्षकहरु आन्दोलित भएका छ । सरकारको नीति तथा कार्यक्रमको बुदा नं १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिनेछ भनिए पनि बजेट वक्तव्यमा कुनै पनि सम्बोधन नगरिएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्।

Advertisement 1

यसअन्तर्गत उनीहरूले जेठ २१ गतेदेखि एकाइमा धर्ना दिइरहेका छन्। जेठ २३ गते बसेको परिषद्को राष्ट्रिय समितिले बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो।

उनीहरुले जिल्ला विकास तथा समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन । जसअनुसार,आगामी आइतबार नयाँबानेश्वरदेखि माइतीघरसम्म खाली थाल बजाउने निर्णय गरिएको महासचिव शान्तिनाथ योगी र गंगाराम तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement 2

जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँको भद्रकालीमा रिले अनशन बस्ने र असार २ गते देखि माग सम्बोधन नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिने घोषणा परिषद्को छ।

आगामी जेठ २८ गते खालि थाल ठटाएर सरकारको विरोध गर्न लागेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । त्यस दिन बिहान १० बजे नयाँ बानेश्वरबाट थाल ठट्याउँदै माइतीघर मण्डलासम्म र्याली निकालिने उनले जानकारी दिए ।

Advertisement 3

सरकारले विद्यालय कर्मचारीलाई आश्वासन दिने तर कार्यान्वयन नहुने स्थिति देखिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको तिवारीको भनाइ छ । गत भदौ १ गतेदेखि पटक(पटक आन्दोलन गर्दापनि आफ्ना मागहरु पूरा हुन नसकेको उनले गुनासो पनि गरे ।

त्यस्तै, शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरिएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको, खाजाको अनुदान अपर्याप्तबारे मौन रहेकोलगायत विषयमा परिषद्ले विमति राख्दै आएको छ ।

प्रकाशित :२०८० जेष्ठ २५, बिहीबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry