वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

Advertisement 1

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका डा. वैकुण्ठ अर्यालसँग हुलाक सेवादेखि १० वर्ष राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय हुँदै संघीयतापछि गठन गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्म काम गरेको अनुभव छ । २०७४ पुसमा प्रकृतिक स्रोत तथा बित्त आयोगमा पहिलो कायममुकाम सचिव भएका उनीसँग संघीय अर्थतन्त्र र यसमा भएको अभ्यासबारे पनि राम्रो अनुभव छ । सचिवमा बढुवा भएको ५ वर्षको अवधिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले नर्वेबाट डेभलपमेन्ट एन्ड रिसर्च इकोनोमिक्समा स्नातकोत्तरसँगै विद्यावारिधि गरेका छन् ।

प्रकाशित :२०८० जेष्ठ ३२, बिहीबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम