पुलको पहुँचमार्ग बन्योः १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ। पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ।

Advertisement 1

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिए।

मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङसहित पूर्वी रूकुमलगायत जिल्लालाई जोडेको छ। दसैँको समयमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो। पुल सञ्चानमा आएसँगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ आश्विन २६, सोमबार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम