सचिव पंगेनीलाई १ लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कार

गण्डकी प्रदेश सरकार यस बर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी सचिव मनमाया पंगेनी भट्टराई पाँचौं स्थापना दिवसको अवसरमा १ लाख रुपैयाँ राशिसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।

Advertisement 1

उत्कृष्ट निजामतीतर्फ तीन जनालाई सरकारले ७५ हजार रुपैयाँका दरले सम्मान गरेको छ । डिभिजन वन कार्यालय लमजुङमा कार्यरत पूर्णेश्वर सुवेदी अधिकृत दशौं, यातायात व्यवस्था कार्यालय सवारी कास्कीका दशौं तहका अधिकृत डिल्लीराम रिज्याल र मनाङको स्वास्थ्य कार्यालयमा कार्यरत मनाङमा वरिष्ठ जनस्वस्थ्य अधिकृत बाबुराम आचार्यले पुरस्कार प्राप्त गरेका हुन् ।

फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवामा काम गर्ने कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । सरकारले ५० हजार नगदसहितको पुरस्कार ६ जनालाई प्रदान गरेको छ । करुणा राई अधिकृत आठौंका प्रदेश संग्राहलय पोखरा, विवेक सिग्देल इन्जिनियर पूर्वाधार विकास कार्यालय मुस्ताङ, अनिल सुवेदी अधिकृत सातौं कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालय पोखरा, रामेश्वर ढुंगाना अधिकृत छैटौं आर्थिक मामिला मन्त्रालय पोखरा, विष्णु पोखेल पौडेल सहायक पाँचौं प्रदेश लोक सेवा आयोग पोखरा र गण्डकी प्रदेश सभा सचिवालयका सहायक पाँचौं तहका सूर्यबहादुर बानियाँ उक्त पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रकाशित :२०७९ फाल्गुन ५, शुक्रबार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry