सिंहदरबारभित्रकै क्यान्टिनमा गुणस्तरहीन खाद्यान्न

देशकै सबैभन्दा ठूलो संरचान भएको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा गुणस्तरहीन सामान बिक्री गरेको पाएको छ ।

Advertisement 1

वाणिज्य आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहरबारका क्यान्टिनहरुको आइतबार अनुगमन गर्दा गुणस्तरहीन सामान बिक्री गरेको पाइएको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान योग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु लगायतका वस्तु फेला परेपछि नष्ट गरेको छ। विभागले कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको भन्दै ३ लाखरुपैयाँ जरिवानासमेत गरेको छ।

प्रकाशित :२०७९ फाल्गुन १५, सोमबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry