राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गरेका हुन्।

Advertisement 1

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए।

“सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा अगाडि बढ्न आवश्यक छ”, राष्ट्रपति पौडेलले भने,“राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीतिमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने व्यवस्था छ। यसको सबैले पालना गर्नुपर्छ।”

Advertisement 2

उनले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले यो दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry