निर्माण व्यवसायीले मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने
निर्माण व्यवसायीले सचिवलाई कार्यालयमै थुनिदिएका छन् । विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुले मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई कार्यालयमा थुनेका हुन ।
Advertisement 1
काम सकिएको डेढ वर्षसम्म भुक्तानी नदिइ अड्काएर राखेको भन्दै निर्माण व्यवसायीले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् । निर्माण व्यवसायीले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन् । यसका साथै निर्माण व्यवसायीले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन् ।
प्रकाशित :२०८० बैशाख १३, बुधबार १९:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%