दुई वर्षमा हुलाकी राजमार्ग सञ्चालनमा आउने, ४८ प्रतिशत काम सकियो

सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामि २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
Advertisement 1
हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि झापाको भद्रपुरखण्ड ३४३ किलोमिटर छ। आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार सप्तरीदेखि भद्रपुरसम्मको हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी काम दुई वर्षमा सम्पन्न गर्ने योजना छ। चालु आर्थिक वर्षमा पुलहरूको काम सम्पन्न गर्ने र दुई वर्षमा सडक निर्माण सम्पन्न गरिने पाण्डेले जानकारी दिए।
चालु आर्थिक वर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ वर्ष भित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराए । उनले झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको जानकारी दिए । उनले रंगेली र विराटनगरमा सडकमा केही समस्या र रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको बताए । उनले हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको बताए ।
Advertisement 2
विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन सकेको छैन । सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन समेत दिए ।