यी दृष्टिविहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै यसरी निकाले नाम

अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वोत्कृष्ट हुँदो रहेछ ।जहाँ इच्छाः त्यहाँ उपाय भनेझैं सफलता हात पार्न उनलाई लामो समय लागेन्। आफूले गरेको सङ्घर्षको सफलताले एकप्रकारको आनन्द मिलिरहेको छ– दृष्टिविहीन कलाधर भण्डारीलाईलाई।
उनले गरेको सङ्घर्षका कारण अहिले महिला, वालवालिका तथा आम नेपालीहरुलाई प्रेरणको स्रोत बनेको छ ।
Advertisement 1
उमेरमा भर्खरै ३६ टेकेका भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् । लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर ठक्कर खाएनन् ।
भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् । नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।सरकारले जतिसुकै कानून बनाओस्, अपाङ्गतालाई हेर्ने त्यो मान्यता र आचरणमा अझै परिवर्तन आएको छैन । त्यसलाई परिवर्तन गरी अपाङ्गताको क्षेत्रमा रोजगार, शिक्षा र घरबाहिर ल्याउन भण्डारी लागेका छन् ।भण्डारी परिवारका ६ दिदीभाइमध्येका कलाधार कान्छा छोरा हुन् । उनी जन्मिँदा सामान्य नै थिए । १ वर्षसम्म उनी बुवाआमाको अनुहार हेरेर हाँस्ने गरेको उनलाई दिदीदाइले अझै पनि भन्ने गर्छन् । तर बिस्तारै हिँड्ने बेलामा उनको आँखाको दृष्टि नभएको पुष्टि भयो । उपचारका लागि विभिन्न अस्पताल र ठाउँमा पनि पहल गरियो । तर कलाधारको दृष्टि फर्किएन ।
Advertisement 2
विद्यालय जाने उमेर भयो तर गाउँमा दृष्टिविहीन पढ्ने विद्यालय थिएनन् । उनलाई नेपालगञ्जको मंगल हाईस्कूलमा पढाउन ल्याइयो । विद्यालय भर्ना गरेर पनि उनलाई पढाइप्रति रुचि नै थिएन ।उनलाई ब्रेललिपि पढ्न ‘झ्याउ’ लाग्थ्यो । ३ कक्षामा पुगेपछि उनलाई पढाइले महत्त्व बुझे । त्यसपछि उनले विद्यालयमा सधैं प्रथम स्थान हाँसिल गरे । २०५९ सालमा एसएलसीमा ७१ प्रतिशत अंक ल्याएर उनी उत्तीर्ण भए । उनले ल्याएको अंक त्यो वर्ष देशभरका दृष्टिविहीनमा सर्वोकृष्ट हो । एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि उनी काठमाडौंतर्फ मोडिए । सानोठिमी क्याम्पसको छात्राबासमा बसेर उनले शिक्षा संकायतर्फबाट नेपाली विषयमा प्रविणता प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरे । त्यहाँ पनि उनको उत्तीर्णांक प्रथम श्रेणी नै रह्यो ।
भण्डारीले पढाइ रोकिएन । स्नातकोत्तर तह पनि त्रिभुवन विश्वविद्यालयको होस्टेलमै बसेर शिक्षा र मानविकी संकायमा एकैपटक दुवै विषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरे । पढाइ पूरा भएसँगै उनलाई अवसरले पनि पछ्यायो ।
Advertisement 3
२०६७ सालमा ललितपुरको श्रमजीत किशोर माविमा दृष्टिविहीन राहत कोटामा मावि तहको लागि शिक्षकको आवेदन माग भयो । उनले आत्मविश्वासका साथ आवेदन दिए । उनी परीक्षामा सामेत भए, पहिलो नम्बरमै नाम निकालेर जागिरे जीवन शुरूवात गरे । सबै ठाउँमा प्रथम उनी अहिले काठमाडौंमै डेरामा बस्छन् । जागिरे जीवनसँगै उनी स्थायी जागिरे हुनको लागि शिक्षक सेवा आयोगको तयारी पनि गरिरहेका थिए । २०६९ सालमा शिक्षक सेवा आयोग खुल्यो । उनले प्रावि, निमावि र मावि गरी तीनै तहको लागि आवेदन दिए । उनी प्रावि र निमाविमा पहिलो प्रयासमै स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । उनी हाल नेपाल आदर्श मावि काठमाडौंमा पठनपाठन गराउँछन् ।
‘