नियुक्ति,दरबन्दीदेखि निर्देशिका स्वीकृतिसम्म :-यी हुन क्याविनेटका १९ निर्णयहरु
मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले विभिन्न १९ वटा निर्णयहरु गरेको छ । क्याविनेट बैंठकले नियुक्तिदेखि विभिन्न निर्देशिका,भ्रणम स्वीकृति र दरबन्दी थप्न स्वीकृति दिने लगायतका निर्णयहरु गरेको छ । जसमध्ये नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्ती गर्ने,विभिन्न निकायका प्रतिनिधिहरुलाई भ्रमणका लागि स्वीकृति दिने,फोहोरमैला व्यवस्थापनका लागि कानूनको मस्यौदा तयार गर्ने स्वीकृति दिने,बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।
Advertisement 1
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै निजामती कर्मचारीका सन्ततीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने निर्देशिका स्वीकृत गर्नेदेखि सार्वजनिक खरिद नियमावली (एघारौं संशोधन ) स्वीकृत गर्ने लगायतका छन् ।