यी हुन यही आर्थिक बर्षमा अवकाश पाउन लागेका सचिवहरु
यस आर्थिक बर्षमा नौ जना विशिष्ठ श्रेणीका कर्मचारीहरु अनिवार्य अवकाशमा घर जाँदैछन् । जसमध्ये केही ५८ बर्षे उमेर हद लागेर घर फर्कदै छन् भने केही पाँच बर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाँदैछन् ।
Advertisement 1
जसमध्ये यो आर्थिक बर्षको दोश्रो सातामै पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हद लागेर घर फर्कदै छन् । उनी आगामी साउन ११ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यस्तै महालेखापरीक्षकको कार्यालय उप महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि न्यौपानेसँगै साउन १२ गते घर जाँदै छन् ।
यस्तै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लक्ष्मण अर्याल आगामी साउन १९ गते सेवाहदका कारण अवकाशमा जाँदैछन् ।सागर कुमार राई कार्तिक ४ गते,कृषि सचिव पेमनारायण कँडेल मंसिरमा अवकाश पाउनेको सूचीमा छन् ।
अर्काे बदनाम सचिव रमेशप्रसाद सिंह मंसिर ६ गते ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् । त्यस्तै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव) कृष्णजिवी घिमिरे पनि माघ २२ गते घर जाने सूचीमा छन् ।
। सञ्चार तथा सूचना प्रविधि सचिव वैकुण्ठ अर्याल अगामी असार ३ गते सचिवबाट घर जाने भएका हुन् यस्तै हालैमात्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएका सचिव यादव प्रसाद कोइराला आगामी असार ४ गते अवकाश पाउने सूचीमा छन् । उनी पनि पाँच बर्ष सेवा अवधि पूरा गरेर घर फर्कन लागेका हुन । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलिया असार २४ गते सेवा हदकै कारण अवकाशमा जाँदैछन् ।