प्रमुख प्रशासकीय अधिकृतले गरे प्राविधिक साहायकलाई निलम्बन,दुई करोड हिनामिनाको चार्ज
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्राविधिक साहायकलाई निलम्बन गरेका छन् । हुम्लास्थित सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले
सोही गाउँपालिकाका प्राविधिक सहायक रुद्र बहादुर शाहीमाथि दुई करोड हिनामिनाको चार्ज लगाउँदै निलम्बन गरेका छन् । गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा शाहीले दुई करोड बराबरको रकम अनियमितता गरेकोले उनलाई निलम्बन गरिएको जनाइएको छ ।
पटक पटक कार्यलयमा हाजिर हुन पत्राचार गर्दा समेत शाही गत साउनदेखि कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र उनी निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेकोले निलम्बन नगर्दा सरकारी हानी नोक्सानी हुने र आफू विरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले उनलाई निलम्बनको पत्र काटेका हुन् ।