विज्ञता एकातिर,जिम्मेवारी अर्कोतिर

योग्यता र विज्ञतालाई रद्धीको टोकरीमा थन्काइने र चाकडीकै भरमा खोजेकै संस्था र ठाउँमा नियुक्ति दिने रोगले निजामती क्षेत्र ध्वस्त हुँदैछ । क्षमता,योग्यता र विज्ञता नहेरी व्यक्तिको चाहना अनुसार उसले खोजेकै ठाउँमा लगेर फिट गराइँदा एकातिर संस्थाकै गरिमा खस्कने,अर्कोतिर व्यक्तिको प्रर्फमेन्स नदेखिने !

Advertisement 1

जस्तो जागिरे जीवनभर शिक्षा मातहत काम गरेका सचिव टेकनारायण पाण्डेको विशेष रुची अनुसार उनलाई पूर्वमन्त्री बालकृष्ण खाँणले गृह सचिवका रुपमा भित्र्याइयो । उनको कार्यकालमा गृहको शाख यसरी गिराइयो कि अब त्यो उठ्न असम्भव छ भन्दैछन्,यस अघि गृह सचिव चलाएका सचिवहरु । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुशासन हेर्ने सचिवको जिम्मेवारीमा छन्, सुमन अर्याल,उनको विषय विज्ञता तथ्यांकमा हो । सरकारले पहिलो पटक तथ्यांक विभागमा सचिव दरबन्दी श्रृजना ग¥र्यो र त्यहाँ प्रशासनका रामप्रसाद थपलियालाई लगेर थन्कायो । उनी आगामी असार ५ गते घर जाँदैछन् । मालपोतमा रहँदा असाध्य काविल मानिएका सचिव हुन गोकर्णमणि दुवाडी,उनलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएको भए सुनमा सुगन्ध हुन्थ्यो,परिणाम पनि निस्कन्यो तर लगियो निर्वाचन आयोगमा । गृह र महिलाका बिषयमा विज्ञ मानिन्छन्, हरि मैनाली तर जिम्मेवारी पाए महालेखा नियन्त्रकको । जबकी उनी एकाउण्टको ‘ए’ डेबिड र क्रेडिट बारे खासै जानकार होइनन्,भन्छन सहकर्मी सचिवहरु नै ।

थपलियालाई थकथकी
एउटा सचिवलाई प्रदेशबाट सिंहदरबारमा तान्ने नाममा सचिव रामप्रसाद थपलियालाई यसरी डिमोरलाइज गरियो कि झण्डै चार महिनासम्म जगेडामा थन्काइयो । गत भदौं २९ गते टेकनारायण पाण्डेलाई गृहबाट उपराष्ट्रपतिको कार्यालयमा धकेलेर त्यहाँ कोशी (१ नम्बर) प्रदेशबाट विनोदप्रकाश सिंहलाई भित्राइयो । संघमा दरबन्दी विनै विनोदलाई तानिँदाको सास्ती र भुक्तमान भोग्नुप¥र्यो थपलियाले । निजामती सेवा ऐनले भन्छ,३५ दिनभन्दा बढी समय कुनै पनि कर्मचारीलाई अतिरिक्त समूहमा राख्द पाइदैंन तर थपलिया यसरी पेलिए कि यस्तो पेलान र भुक्तमान पञ्चायत कालमा पनि थिएन । विना कारण चार महिनासम्म किन जगेडामा राखियो ? न त त्यसको जबाफ मुख्यसचिव शंकरदास बैरागीले नै दिन सक्छन न त भूमिबाट हठात हटाउने मन्त्री शशि श्रेष्ठले नै दिन सक्छिन् । यसरी ४ महिनासम्म जगेडामा थन्काइएका थपलियाको बिषयमा पूर्व मुख्यसचिव विमल कोइरालाको फागुन दोश्रो साता एउटा टीवट गरे,लगतै सरकारले थपलियालाई तथ्यांक विभागको सचिव बनाएर खटायो । १५ फागुनको मिति राखेर २१ गते केन्द्रिय तथ्यांक विभागमा खटाइएका सचिव थपलियामाथि अर्को भाँउदो आइलाग्यो । जिम्मेवारी त पाइयो तर बस्नका लागि कार्यकक्षमा कुर्सी टेबल समेत छैन । उनी २ चैत्रदेखि त्यहाँ हाजिर त भएका छन् । आगामी ५ असारमा घर जान लागेका थपलिया यति बिध्न किन पेलानमा परे ? थपलियाले हुलाक सेवामा निजामतीमा पाइला राखेका हुन् । उनी आठ वटा जिल्लाको सिडिओ,पुर्ननिर्माण प्राधिकरण,कर्णाली प्रदेशको प्रमुखको सचिव । शिक्षामा ११ महिना चलाएका उनलाई भूमिबाट तानेर प्रधानमन्त्री कार्यालयमा चार महिनासम्म जगेडामा थन्काइनुको पछाडि के कारण ?

Advertisement 2

मुख्यसचिवको प्यार,कृष्णहरिको चमत्कार
नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका मुख्यसचिव शंकरदास बैरागी निर्णय क्षमतामा कमजोर मानिन्छन् । एकातिर जागिरे जीवनमा तीन दशक बढी परराष्ट्र मन्त्रालय र विदेशी नियोगमा बिताएका उनी प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैनन् । उनले चिन्ने र घनिष्ठ सम्बन्ध भएका कर्मचारीमध्येका एक हुन,कृष्णहरि पुष्कर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिएर विज्ञप्ती निकाल्ने पुष्कर लोकमान सिंह कार्कीकै प्रतापले नयाँदिल्लीस्थित नेपाली दूतावासका इकोनोमिक मिनिष्टर नियुक्त भए । त्यतिबेला देखि बैरागीसँग घनिष्ठता कायम भएको बताइन्छ । मुख्य सचिवको विशेष प्यारका कारण पुष्कर जुनियर सचिव हुँदा पनि प्रदेश ओर्लनु परेन । अर्थमा हुँदा बदनामी कमाएका उनी अहिले अमनलाल मोदीले सम्हालेको सामान्य प्रशासनमा पुगेका छन् । त्यहाँको कर्मचारी सरुवामा तिनै बिचौलियाका काम गर्दै आएका ओभरसियर उनै रमेश हाबी हुँदा सामान्य प्रशासन मन्त्रालयका पछिल्ला सरुवा विवादित बन्न पुगेको छ ।

प्रकाशित :२०७९ चैत्र ८, बुधबार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry