संसदमा एमसिसीबारे छलफल जारी (प्रत्यक्ष प्रसारण)

 

Advertisement 1

प्रतिनिधि सभाको बैठक सुरू भएको छ। गत आइतबारपछि पटक पटक रोकिँदै आएको बैठक आज निर्धारित समयभन्दा २ घन्टा ढिलो गरी सुरू भएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी दलले अवरोध कायमै राखेको छ। एमाले अवरोधबीच अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीबारे संसदमा छलफलका लागि प्रस्तुत गरेका छन्।

Advertisement 2

‘व्याख्यात्मक टिप्पणी’ का सम्बन्धमा सांसदबाट माग भएपछि सभामुखले सरकारलाई रुलिङ गर्नेछन । आजै बस्ने संसदको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि दफावार छलफल गराइने बताइएको छ । सत्ता गठबन्धनका दलहरुले गरेको व्याख्यात्मक प्रस्तावबारे आजै मन्त्रिपरिषदले गरेको निर्णयबारे सरकारले संसदलाई जानकारी गराउने छ । त्यसपछि एमसीसीलाई अनुमोदन गराउने बताइएको छ ।

सन्धि ऐन,२०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले उक्त सम्झौतालाई २०७५ माघ २५ गते अनुमोदनको निम्ति संघीय संसद्समक्ष पेश गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

Advertisement 3

 

प्रकाशित :२०७८ फाल्गुन १५, आईतवार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry