मध्यरातमा रकम बाँड्दै गर्दा १ लाख १२ हजार नगद सहित उम्मेदवार रंगेहात पक्राउ

निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् ।

Advertisement 1

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्यरातमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।

Advertisement 2

प्रहरीले पक्राउ गर्नु अघिसम्म आँपसोतीका केही घरमा वडाध्यक्षका उम्मेदवार विसीले पैसा वितरण गरिसकेको प्रमाण प्रहरीसँग रहेको जनाइएको छ ।

प्रकाशित :२०७९ बैशाख २९, बिहीबार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry