हालै बढुवा भएका चारै जना सचिवको पदस्थापना
सरकारले हालै मात्र बढुवा भएका ४ जना सचिवहरुको पदस्थापन गरेको छ । केही दिन अघि प्रशासन सेवाबाट सहसचिवद्धय डा दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे र वन सेवाबाट डा कृष्णप्रसाद आचार्य र इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरेको थियो । बढुवा भएका चार जना सचिवको पदस्थापन गरेको हो । गत बिहीबार बढुवा भएका नेपाल सरकारका चार सचिवको पदस्थापन गरिँदा दुईलाई प्रदेश तथा दुईलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Advertisement 1
जसअनुसार डा रेग्मीलाई गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यहााका सचिव बिष्णुप्रसाद लम्सालले अवकाश पाएलगतै उनी सोही प्रदेशको लोकसेवा आयोगको अध्यक्ष बनेका थिए ।
यस्तै,गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिव बनाएर पठाएको छ । त्यहाँका सचिव चन्द्रमान श्रेष्ठले उमेर हद लागेर अवकाश पाएसँगै रिक्त रहेको स्थानमा पाण्डेलाई खटाइएको हो । त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा। कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ । खानेपानी मन्त्रालयबाट माध बेल्बासेले अवकाश पाएसँगै खानेपानी मन्त्रालय रिक्त थियो भने डा पेमनारायण कँडेल वन सचिव बनेसँगै कृषि तथा पशुपक्षी मन्त्रालयमा एक सचिव पद रिक्त थियो ।
Advertisement 2