मेची अस्पताललाई भेन्टिलेटर
अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा।टंक बारकोटीलाई हस्तान्तरण गरेका थिए ।
Advertisement 1
जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् ।
प्रकाशित :२०७८ माघ १०, सोमबार १४:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%