यी हुन् भाग्यमानी दम्पतीः एकै पटक शाखा अधिकृत

श्रीमान्–श्रीमती एकै पेसामा निजामती सेवामा पनि यस्ता उदाहरणीय जोडी छन्, जो एकै सेवा,एउटै जिम्मेवारीमा छन् । यसरी निजामती सेवामा कतिपय पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ ।

Advertisement 1

यस्तै संयोग अहिले यस्तो जुरेको छ कि पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–६ भडाचौरका दम्पतीलाई । मनबहादुर थापा ९२६० र उनकी श्रीमती ९२६० नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् ।

यी भाग्यमानी जोडी हुन्– मनबहादुर थापा र विना केसी । सोमबार उनीहरुले सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र लिएका छन् । श्रीमान मनबहादुर ०७३ सालमा निजामती सेवामा सेवा प्रवेश गरेका थिए भने विनाले ०७४ सालमा प्रवेश गरेकी हुन् । मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् ।

Advertisement 2

त्यस्तै अर्का भाग्यमानी जोडी हुन्– गोपालप्रसाद अर्याल र मीना अर्याल । गोपालप्रसाद नेपाल सरकारका सहसचिव हुन । उनी ०७९ असार ३० गतेदेखि कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै हालैमात्र गृह प्रशासनले एकै पटक सहसचिव र उपसचिव तहका ७० कर्मचारीहरुको सरुवा गर्दा मीनालाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । उनी गत १२ माघमा त्यहाँ हाजिर भएर जिम्मेवारी सम्हालिरहेकी छिन् । यसरी श्रीमान श्रीमती नै सीडीओ बनेर प्रशासन हाक्ने अवसर पाएका हुन् गोपाल र मीनाको दम्पत्तिले ।

Advertisement 3

संयोग यस्तो जुरेको छ कि ०५५ सालमा मीना र गोपालले एकै पटक लोकसेवाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन । विरलै भेटिनसक्छन्, एउटै विज्ञापनमा एकै पटक श्रीमान श्रीमतीले नै नाम निकालेको । अधिकृतबाट निजामती सेवामा पाइला राखेकी मीनाले सहायक लेखापाल, सह लेखापाल, नायव सुब्बा, शाखा अधिकृत सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी छिन्।

रेसुङ्गा १०, गुल्मी निवासी यी दुवैको बिवाह ०४५ सालमा हो । गोपालले ०५२ सालबाट निजामती सेवामा पाइला राखेका हुन । उनी ०५५ सालमा अधिकृत,०६१ सालमा उप सचिवमा र ०७३ सालमा सहसचिवमा उक्लिएका हुन । उपसचिव हुँदा स्थानीय विकास अधिकारीका रुपमा हुम्ला र बर्दियामा काम गरेका अर्यालसँग निर्वाचन आयोगमा ६ बर्ष काम गरेको अनुभव छ । केही समय मनाङमा स्थानीय विकास अधिकारी भएर समेत काम गरेका उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरे र ०७३ सालमा सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भए लगतै आफ्नै गृह जिल्ला गुल्मीको प्रशासनको कमाण्डर गर्ने अवसर पाएका उनी ९ महिना पछि गण्डकी प्रदेशकको समाजिक विकास मन्त्रालयको सचिव भएर काम गरे । त्यहाँबाट सूदुरपश्चिम प्रदेशको अर्थिक मामिला मन्त्रालय, राष्ट्रिय पुननिमार्ण प्राधिकरण, सिसिएमसी, वातावरण विभागको महानिर्देशक हुँदै हाल कंचनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

उनका अनुसार शाखा अधिकृतमा पहिलो पोष्टिङ महिला मन्त्रालयमा भएको थियो । लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने उनी नै जिल्लाको पहिलो महिला हुन् । महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै हाल प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी छिन् मीना । उनी अर्घाखाँचीको जिल्ला प्रशासन हाँक्ने पहिलो महिला सीडीओ समेत हुन । अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ४९ जना सीडीओमध्ये ४८ जना पुरुष थिए ।

जिल्ला समन्वय अधिकारीको रूपमा रसुवामा करिव २० महिना सेवा गर्दा उनले पुरानो बेरुजु फछ्र्योट, क्षमता विकास, पालिकाहरूसँग समन्वय लगायतका क्षेत्रमा धेरै काम गरिन । जसको कारण जिल्ला समन्वय समितिको बोर्डबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित समेत भएकी थिइन ।

प्रकाशित :२०७९ माघ २९, आईतवार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry