वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस

सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

Advertisement 1

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिपछि सरकारले चार जना प्रदेश प्रमुख परिवर्तत गरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरिएको छ ।

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry