एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जना मृत भेटिएका छन्। आइतबार खाना खाएर सुतेका एकै परिवारका ६ जना सदस्यमध्ये सोमबार बिहान साढे ९ बजेतिर वडाध्यक्ष घलानले चार जना मृत र दुई जना अर्धचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय कोन्जोसोममा खबर गरेका थिए।

Advertisement 1

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् ।त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने नाति थिए । उपचारका क्रममा दुई दिने नातीको पाटन अस्पतालमा मृत्यु भएको छ र शुभाषको उपचार हुँदै गरेको प्रहरीले बताएको छ ।

प्रकाशित :२०७८ फाल्गुन २३, सोमबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry