शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा प्याकुरेल
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । यस अघिका महानिर्देशक इ मणिराम गेलाल सचिवमा बढूवा भएसँगै रिक्त रहेको विभागको महानिर्देशकको जिम्मेवारी प्याकुरेलले पाएको हुन् । विभागीय मन्त्रालय शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो । उनले हिजै शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन् ।
Advertisement 1
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुख रहेका प्याकुरेललाई शहरी विकास मन्त्री प्रभु साहले विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहल लगायत ठूला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए ।