को को बन्दैछन्,बागमती प्रदेशबाट मनत्री ?
बागमती प्रदेशमा सत्तासिन दलहरुको बीचमा मन्त्रालय भागवन्डा टुंगो लागेको छ । मन्त्रालय टुग्गिएसँगै दलहरुले आ आफनो पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको सूची पनि फाइनल गरिससकेका छन् ।
Advertisement 1
नयाँ मन्त्रीहरुको शपथ पनि आजै गर्ने गरि तयारी अगाडी बढेको छ ।
माओवादी केन्द्रका नेता शालिकराम जम्मकटटेल प्रदेशमा मुख्यमन्त्री छन् । एमाले र माओवादीले चार चार वटा मन्त्रालय लिने गरी समझदारी बनेको छ । राप्रपाले पनि बागमतिमा तीन वटा मनत्रालय पाउने छ । माओवादीलाई मुख्यमन्त्री सहितको चार मन्त्रालय टुंग्गो लागेको हो ।
Advertisement 2
मन्त्रालय टुग्गो लागेसागै दलहरुले आ आफनो पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम पनि फाइनल गरेका छन् ।
नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।
Advertisement 3
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।
यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् । कुमारी यस अगाडी पनि सामाजिक विकास मन्त्री कै रुपमा काम गरेकी थिइन् ।
राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।
उनले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।