सत्ता संग हैन समाज संग जोडिने कांग्रेस

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसलाई सत्ता संग हैन समाज संग जोडिने स्वभावको बनाउने हो भनी एक कार्यक्रममा भनेका छन्। उनको यो भनाईले कांग्रेस वृत्तमा थप वहसको सृजना गरेको छ। उनको यो भनाईलाई स्वयं सभापति तथा नेकाले परिभषित गरेका छैनन् तापनि यसको ब्याख्याले राजनीतिक बजारमा हलचल भने ल्याएको छ।यहां उनको भनाइमा दुईबटा शब्दहरू चयन भएका छन्– सत्ता र समाज। सत्ता भनेको सरकार संग जोडिने विषय हो।
Advertisement 1
सत्तामा भए पछि राज्यको डाडू पन्यू आफ्नो हातमा हुन्छ र राज्यको साधन र स्रोत आफ्नो हातमा भए पछि त्यसको उपयोग गर्न सकिन्छ भन्न सकिएला तर सत्ताले साधन र स्रोतको दुरूपयोग पनि गराउन सक्छ र सत्ताले उन्माद समेत चढ्न सक्छ,सत्ता भनेको सेवा प्रदायक हो र सेवा प्रवाह सहज र पारदर्शी हुन सकेन भने त्यसको अपजस पनि सत्ताले लिनु पर्ने हुन्छ। त्यसैले सत्ता सधै लोकप्रीय मात्र हुदैन । सत्ता राम्रो संग चलाउन नसक्दा यसले जनता संग सरकार र यसमा जोडिएको राजनीतिक दलको दूरी बढ्न जान्छ। विगतका दशकहरूमा यसरी नै जनता संग सत्ताको दूरी बढ्नाले हाल मुलुकमा राजनीतिक अस्थिरता देखिएको हो। त्यसैले कुनै पनि राजनीतिक दलको ध्येय सत्ता मात्र हुनु हुदैन।
अर्को शब्द समाज भन्नाले सेवाग्राहीको समूह हो, यो समूह सेवाग्राही मात्र हैन सत्ताको जन्म दिने जननी पनि हो। समाजमा सत्ता संग विमति राख्ने समूह पनि हुन्छन् तर सत्ताले आफू संग विमति राख्नेहरू समेतलाई जोड्नु पर्छ भन्ने मान्यता तर्फ अहिलेको राजनीतिक दर्शन जोडिएको हुनु पर्छ।
Advertisement 2
नेपाली कांग्रेसको दर्शन प्रजातान्त्रिक समाजवाद हो । राजनीतिमा समाजवाद दुई किसिमले जोडिएको हुन्छ त्यो हो प्रजातान्त्रिक समाज र अधिनायकवादी समाजवाद।
नेपाली कांग्रेसका प्रणेता एवं महामानव विपीले भनेका छन् कि समाजवादबाट प्रजातन्त्रको अंश झिकीदियो भने त्यो साम्यवाद हुन्छ र साम्यवादमा प्रजातन्त्र थप्यो भने त्यो प्रजातान्त्रिक समाजवाद हुन्छ। समाजवाद भनेको समानता हो । यो दुई तरीकाले गर्न सकिन्छ– एक, आर्थिक एवं सामाजिक तवरबाट कमजोर समूहलाई सम्पन्न गराएर गरिने समानता र दुई, सम्पन्नबाट खोसेर विपन्नमा वितरण गरेर गरिने समानता। अधिनायकवादीले दोश्रो बिकल्प रोज्छन् भने प्रजातान्त्रिकले पहिलो। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको हुदा प्रजातान्त्रिक समाजवाद नै यसको मूल मन्त्र भएको हो। फेरि नेपाली कांग्रेस संग जोडिएको यो प्रजातान्त्रिक समाजवाद विशुद्ध शैद्धान्तिक अवधारणा हुन जान्छ जब सम्म यो समाज संग मिल्न सक्दैन।
Advertisement 3
यसैले नेपाली कांग्रेसका वर्तमान सभापति गगन कुमार थापाले यो अवधारणालाई समाज संग जोडेर यसलाई ब्यबहारिक बनाउन खोजेका छन् र भनेका छन् कि कांग्रेस सत्ता संग हैन समाज संग जोडिनु पर्छ भनेर।
हो, वास्तवमा सत्ता कार्यकर्ता, मतदाता संग बढी जोडिन पुग्छ, यसले आफ्नो राजनीतिक विचार संग वेमेल हुनेलाई पर्गेल्छ। समाजमा आफू संग विमति राख्ने समूह र क्षेत्र हुन सक्छ र तिनीहरूलाई समेत राजनीतिले समेट्न सक्नु पर्ने हुन्छ भन्ने आशय उनको रहेको पाईन्छ। यसैले नेपाली कांग्रेस क्याडर बेस्ड नभएर मास बेस्ड पार्टी हो भनिन्छ।
विगतमा विभिन्न दलहरूले आफ्नो नेतृत्त्वमा सत्ता चलाए। यसरी चलेका सत्ताले आफ्नो राजनीति संग विमति राख्ने र आफूलाई मतदान नगर्ने समूह रहेको ईलाकामा विकास, निर्माणका योजना नदिने, विकास निर्माणमा पक्षपात गर्ने, रोजगारी र वृत्ति विकासमा समेत पक्षपात गर्ने ब्यबहारले समाजको विकासमा समानता हुन नपाएको कटू सत्य हो। यी र यस्तै विसंगतिका कारण राजनीति सत्ता संग हैन समाज संग जोडिने हुनु पर्छ भनेका होलान् गगन थापाले।
उनको भनाईले अबको कांग्रेसले सत्तालाई हैन समाजलाई प्राथमिकता दिनु पर्ने देखिएको छ। किनकी उनले नेपाली कांग्रेसलाई सबैको पार्टी होस् भन्ने चाहना राखेका छन्। पार्टीको आधार आफ्ना कार्यकर्ता मात्र नभएर सम्पूर्ण समाज हुनु पर्छ भन्ने आशय गगन थापाको हुनु पर्छ। यसैले समाज संग एकाकार हुन नसक्ने राजनीतिक बिचार र राजनीतिक दल समयको अन्तराल संगै हराएर जान्छन् भनेर नै राजनीतिक विचार, दल र सत्ता समाज संग जोडिनु पर्ने अनिवार्यतालाई नेकाका सभापति गगन कुमार थापाले महत्व दिएको देखिन्छ।








