‘स्वर्ग–नर्क’को बहसबाट सत्ता सहयात्रासम्मः ५ प्रदेशमा फेरि मिले पुराना प्रतिस्पर्धी

काठमाडौं। नेपाली राजनीतिमा ‘स्थायी मित्र र स्थायी शत्रु हुँदैन’ भन्ने भनाइ फेरि एकपटक प्रमाणित भएको छ। केही समयअघिसम्म सार्वजनिक मञ्चबाट एकअर्कामाथि तीखा टिप्पणी गर्ने नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी अहिले ५ प्रदेशमा सरकार गठनका लागि एउटै सहमतिपत्रमा हस्ताक्षर गर्दै सत्ता साझेदार बनेका छन्।

Advertisement 1

हिजोसम्म ‘स्वर्ग–नर्क’को उदाहरण दिँदै एकअर्कामाथि व्यङ्ग्य गर्ने नेताहरू आज प्रदेश सरकारको अंकगणित मिलाउन व्यस्त छन्। राजनीतिक विश्लेषकहरूका अनुसार सत्ता समीकरण फेरिएसँगै आरोप–प्रत्यारोपको भाषा पनि फेरिनु नेपाली राजनीतिमा नयाँ विषय भने होइन।

सहमतिअनुसार ५ प्रदेशमध्ये ३ प्रदेशको नेतृत्व नेकपा (एमाले) ले र २ प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने समझदारी बनेको छ। प्रदेश निर्वाचन नजिकिँदै गर्दा बनेको यो गठबन्धनलाई कतिपयले आगामी चुनावको तयारीका रूपमा पनि व्याख्या गरिरहेका छन्।

Advertisement 2

हिजोसम्म विचार, सिद्धान्त र नैतिकताको बहस गर्ने नेताहरू आज सत्ता साझेदारीको एउटै टेबुलमा देखिँदा जनताले भने फेरि पुरानै प्रश्न दोहो¥याउन थालेका छन्। राजनीतिमा अन्ततः निर्णायक सिद्धान्त हो कि सत्ता? यही प्रश्नको उत्तर अब पाँच प्रदेशका नयाँ सरकारहरूको कामले दिनेछ।

प्रकाशित :२०८३ श्रावण १०, आईतवार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry