रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।

Advertisement 1

बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले राससलाई जानकारी दिए।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन्। पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उनले बताए।

Advertisement 2

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताए।

प्रकाशित :२०८३ भाद्र ३, बुधबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry