युवालाई उद्यम र उत्पादनसँग जोड्न मुख्यमन्त्री आचार्यको जोड

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन्।

Advertisement 1

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिएका शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए।

मुख्यमन्त्री आचार्यले भने, “युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको छ, नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रम प्राथमिकतामा छ।”

Advertisement 2

युवाको उद्यमशीलता प्रवद्र्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएर बजेटमार्फत समेत सम्बोधन गरिएको उनले बताए।

राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवा वर्तमानका हिस्सेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले भनेका छन्, “युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ।”

प्रकाशित :२०८३ श्रावण २७, बुधबार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry