पचास दिनपछि अख्तियारले पायो प्रवक्ता
झण्डै दुई महिनादेखि रिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बल्ल प्रवक्ता पाएको छ । अख्तियारको प्रवक्ता सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका हुन् ।
Advertisement 1
अख्तियारका तत्कालिन प्रवक्ता तारानाथ अधिकारीको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भए १ पुसमा । त्यहाँ खटाइएकोथ्यो खगेन्द्रप्रसाद रिजाललाई तर उनी दुई महिनासम्म हाजिर भएनन् । तारानाथ पर्यटनतिर गएपछि सहायक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै गरेका गणेशबहादुर अधिकारी पनि गृहतिर सरुवा भए । सह सचिव नारायणप्रसाद रिसाल नियुक्त हुनु अघि यो दायित्व उपसचिव वेदप्रसाद भण्डारीको काँधमा आइलागेकोथ्यो । त्यहाँँका सचिव सुरेश अधिकारी पनि निर्वाचन आयोगमा जाने अवस्थामा छन् ।
प्रकाशित :२०७७ माघ २१, बुधबार ०७:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%