चर्पी बनाउँदा समेत भ्रष्टाचार, प्रधानाध्यापकविरुद्ध मुद्दा

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement 1

उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीविरुद्ध ३ लाख १२ हजार रुपैयाँको विगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा शौचालय निर्माण गर्नका लागि निकासा भएको रकम तत्कालीन प्रधानाध्यापक पौडेलले बैंकबाट झिकेको भए पनि शौचालय निर्माणको लागि कुनै पहल नगरेको पाइएको अख्तियारले जनाएको छ ।

Advertisement 2

‘रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटकपटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित :२०८० जेष्ठ २९, सोमबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry